आफ्ना दुई जना नागरिक लिन भुटानबाट आयो जहाज ,

वैशाख ६ ,काठमान्डौ – लकडाउनका कारण नेपालमा रहेका भुटानी नागरिक लिन भुटानले शनिबार त्यहाँको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं पठाएको छ ।

नेपालमा रहेका पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई लिन बिहान ७ः५३ बजे काठमाडौंमा अवतरण गरेर ड्र्यक एयरको ब्रान्ड न्यू एटीआर–४२–६०० जहाजले उनीहरुलाई लिएर फर्केको थियो।

नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि दुई भुटानी नागरिकले सार्क अफिसमार्फत् आफ्नो देशको परराष्ट्र मन्त्रालयलाई उद्धारका लागि अपिल गरेका थिए ।

lekbesi

काठमान्डौमा अन्य नागरिकको पनि खोजि भईरहेको थियो तर भुटान जाने दुई जनाको मात्र सहमति थियो ।

भुटानको राजदुतावास नेपालमा नरहेपनि सार्क र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिदिएपछि उनीहरुलाई सजिलै जहाज लिन आएको थियो ।

उनीहरु थिम्पुको एउटा रिसोर्टमा राखिएको क्वारेन्टाइनमा बसेका छन् ।२१ दिन पछि मात्र उनीहरु आफ्नो परिवारसंग भेट घाट गर्नेछन् ।

ड्र्यक एयर काठमाडौंमा सातै दिन उडान गर्दै आएको वायुसेवा कम्पनी हो। यसले ३३ वर्षदेखि काठमाडौंमा उडान गर्दै आएको छ।