लकडाउनको मौका छोपी तेल भन्दै बोराका बोरा मदिरा ओसारपसार ,

६ वैशाख , नवलपरासी पश्चिम- जिल्लाको पश्चिम बर्दघाट नगरपालिका -१२ भटौलियाका स्थानियले साइकलमा लोड गरि ल्याउदै गरेको १५ पेटी मदिरा पक्राउ गरि प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा सरावल गाउँपालिका वडा नं.-६ बस्ने २१ बर्षिय सत्य प्रकाश मौर्या, सोही ठाउँ बस्ने बर्ष २९ का पन्ना गौड र बर्ष १६ का दशरथ गुप्ता रहेका छन् ।

lekbesi

लकडाउनको मौका छोपी लुकीछिपी बर्दघाट बाट मदिरा ल्याएको प्रहरीले बताएको छ । अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालय बर्दघाटमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको थापाले जानकारी दिए।

स्थानीयले भने प्रहरीको मिलोमतोमा मदिरा ओसारपसार भएको दाबी गरेका छन् ।स्थानीयका अनुसार बर्दघाटबाट धेरैपटक मदिरा ओसारपसार भईरहेको र प्रहरी बेखबर भएको आरोप लगाएका छन् ।

अंगद यादव / नवलपरासी पश्चिम,