Simta
Simta
lekbesi

उदयपुरमा थप एक भारतीय नागरिकमा कोरोना पुष्टि,

Gurvakot

वैशाख ६ ,काठमान्डौ – नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

lekbesi

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र १ नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यो संगै नेपालमा ३१ जनामा कोरोना संक्रमण फेला परेको छ । जस मध्ये एक जना पहिलेनै ठिक भएर फर्किसकेका छन् र दुई जना आज मात्र ठिक भएर डिस्चार्ज भई घर गएका छन् ।

Simta