सुर्खेत भेरिगंगा ११ मा ईमान्युल स्वतन्त्र चर्चद्वारा अति निम्न गरिब परिवारलाई राहत वितरण ,
वैशाख ७ ,काठमान्डौ – सुर्खेत भेरीगङ्गा नगरपालिका ११ रामघाटका अति विपन्न मजदुर घर परिवारलाई राहत वितरण गरिएको छ ।
भेरीगङ्गा नगरपालिका ११ मा रहेको ईमान्युल स्वतन्त्र चर्चका पास्टर भिम बहादुर बिकले अति न्यून विपन्न ,गरिब मजदुरलाई राहत वितरण गरिएको बताए ।
६ देखि ७ घर परिवार जसको घरमा चुलो बल्लन गारो छ तेस्ता परिवारलाई राहत वितरण गरिएको उनले बताए ।
परिवारलाई एक बोरा चामल ,दाल ,तेल ,नुन राहत स्वरुप उपलब्ध गराएको भिमले बताए । केहि दिनमा अरु निम्न स्तरका मजदुरलाई पनि राहत वितरण गरिने भिम बिकले जानकारी दिए ।
राहत वितरणको लागि क्यानाडाबाट पास्टर नन्दी रसाईली र लक्षमि रसाईलिले आफुहरुलाई गरिब मजदुरको लागि राहत उपलब्ध गराईदिएको भिमले जानकारी दिए ।
विश्व महामारीको बेला जसको प्रतक्ष असर नेपालमा पर्न नहुने भन्दै नेपाल सरकारले गत चैत ११ गते बाट लकडाउन गरेको छ ।
लकडाउनमा परि अति विपन्न मजदुर उनीहरुको घरमा छाक टार्न गारो भईरहेको छ ।
यस्तो अवस्थामा परदेशबाट राहत उपलब्ध गराउने पास्टर नन्दी र लक्षमिलाई राहत उपलब्ध गर्ने मजदुरले धन्यवाद ज्ञापन गरेका छन् ।