Simta
Simta
lekbesi

कोरोनाबाट बच्न चस्मा लगाउ ,तातोपानीले हात मुख धुनुहोस भिडियो प्रधानमन्त्री ओली ,

Gurvakot

वैशाख ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण भनेको निर्जिव हो भनेर बोलेको कुरा अहिले सामाजिक संजालभरि चर्चामा छ ।

सिंहदरवारस्थित एक्सन रुमबाट गत चैत्र २९ गते सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्सबाट कुराकानी गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले उक्त कुरा भनेका थिए ।

lekbesi

अहिले बाहिर प्रकाशमा आएको उक्त भिडियो क्लिपमा प्रधानमन्त्रीले निम्न कुरा भनेको सुनिन्छ।

भाइरस भनेको निर्जीव तत्त्व हो। यो निर्जीव तत्त्वमा जुन बोसीय, बोसो जस्तो फ्याट्टीय तत्त्व हुन्छ, त्यसले त्यसलाई एउटा जीवित तत्त्वको रुपमा सक्रिय गराइदिन्छ । त्यसकारण तातोपानीको बाफ लिने, तातोपानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिम जस्ता कुरा नखाने, हात धुँदा सकिन्छ भने तातोपानीले धुने, मुख धुँदा अलिकति तातोपानीले धुने मनतातो पानीले । यो ठूलो विधि हो । जहाँ भाइरस छ भने पनि तातोपानीले हात धुनेबित्तिकै त्यो भाइरस चाहिँ नि, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, त्यो समाप्त हुन्छ । मर्ने होइन, त्यसको जुन जीवतत्वको रुपमा त्यसको बोसीय तत्त्व, बाहिरी लेयरको बोसीय तत्त्वले चाहिँ उपद्रो मच्याउन सक्थ्यो, त्यो समाप्त हुन्छ । ‘भाइरस किन मार्न सकिँदैन भन्दा निर्जीव तत्व हो । त्यसकारण निर्जीव तत्त्वको अब यो गीता ज्ञानतिर जानु पर्ने खतरा हुन्छ । यो निर्जीव तत्त्व हो । त्यसकारण यो निर्जीव तत्त्वलाई मार्न सकिँदैन । जसको जीवन छैन, त्यसलाई कसरी मार्ने ? त्यसकारण यो मर्दैन । त्यसलाई जीवतत्वको रुपमा सक्रिय गर्ने इलिमेन्टहरु छन्, ती इलिमेन्टहरुबाट हामी मुक्त हुने हो । प्रधानमन्त्री ओलीले थप भनेका छन् चस्मा लगाउने ,माक्स लगाउने ,सबै भन्दा छिटो त आँखाबाट कोरोना सर्छ तेसैले चस्मा लगाउने भनेको भिडियो सार्वजनिक भएको छ ।

जिन विषयलाई लिएर धेरैले आ -आफ्ना टिका टिप्पणी गरेका छन् ।कतिले भने प्रधानमन्त्री स्वस्थ्य विज्ञ पनि रहेको भनेर हस्याद्पद गरेका छन् ।

तेस्तै धेरैले भनेका छन् निर्जिव तत्व हो भने कसरि आफै सरुवा भयो ,धेरै विज्ञले पनि आँखाले देख्न सक्ने सुक्ष्म वा अति सुक्ष्म भौतिक प्रक्रियामा गतिवान छन् ती सबै जीवित हुन्। जो स्वयम् सबैका अगाडि निश्चित भौतिक गतिशील अस्तित्वसहित उपस्थित छ, त्यसको जीवन छैन , त्यो मृत हो भनी ठान्नु दर्शनको होइन बरु दर्शन नबुझ्ने अनाडीहरुको बालापन मात्र हो।
तेस्तै प्रधानमन्त्रीको यो विषयलाई हिजो देखि सबैली गरेको टिकाटिप्पणीमा बिकाश बस्नेत आफ्नो सामाजिक संजालमा लेख्छन ।

भाइरसलाई ‘सजिव’ वा ‘निर्जिव’ दर्जामा राख्ने भन्ने बिषयमा हिजोबाट शुरु भएको यस ‘बादबिबाद प्रतियोगितामा’ म ‘दुधभात’ पक्षबाट बोल्न गइरहेको छु ।

आश्रय कोष(होस्ट सेल) नभेटेसम्म भाइरसले आफ्नो वृद्धि र बिस्तारका लागि उर्जा प्राप्त गर्न सक्दैन ! तबसम्मका लागि यसको जीवन ‘स्थगित’ हुन्छ । प्रजाती हेरेर केही घण्टा देखि बर्षौं सम्म यो ‘सट डाउन’ मोडमा पुग्छ ।

यसको आफ्नो ‘स्वतन्त्र’ उर्जा दोहन संयन्त्र/मेटाबोलिजम हुंदैन, यसको वृद्धि , बिस्तार र गतिशीलता हुंदैन ।अब यसलाई मृत माने पनि हुन्छ ।

तर आश्रय कोष भेटने बित्तिकै यसले आफ्नो जेनेटिक सामग्री (डीएनए/आरएनए) को पोको त्यही आश्रय कोषमा खन्याउंछ र त्यही कोषलाई आफ्नो बिस्तार र वृद्धिको लागि प्रोटिन र न्युक्लिक एसिड बनाउन लगांउछ । आश्रय कोष भेटेको केही घण्टामै यो ‘भाइरल’ हुन्छ ।
आश्रय लिएको कोष यसको ‘वातावरण’ हो । अन्य प्राणी झैँ आफ्नो बाताबरण दोहन गरेर वृद्धि र बिस्तार हुनु जीवन हो भने जिवित ठाने पनि हुन्छ ।

खासमा यसका बिज्ञहरु चाहिँ यस बिषयमा भिडन छाडिसके । किनभने रसायनिक प्रतिक्रियाहरुको जोड/ घटाउ र जीवन बिच केबल ‘परिभाषा’ को भिन्नता छ
सायद भाइरस जीवन र अ’जीवन’ बिचको ‘मिसिङ लिंक’ हो ।
हस्त, धन्नेबात 🙂

तेस्तै रबि मिश्रा लेख्छन ,

 

 

 

 

Simta