Simta
Simta
lekbesi

पैसा छर्ने महिलामा कोरोना संक्रमण छैन पैसा गलत नियतले नभई खसेको थियो ,

Gurvakot

वैशाख ७ ,जनकपुरधाम – जनकपुर महाबीर चोकमा पैसा छर्ने महिलामा कोरोना नभएको पाईएको छ ।

पैसा छरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरि हिजो पक्राउ गरि अनुसधान गरेका दुईमहिलामा एक जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

lekbesi

दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट पक्राउ गरि अनुसन्धान गरेको थियो ।

पक्राउ पछि प्रादेशिक अस्पतालमा दुबैको ¥यापिड टेस्ट गरिएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए । उनीहरुले गलत नियतले पैसा नफालेको प्रहरीलाई बयान दिएका छन् ।

आफ्ना श्रीमानले विदेशबाट पठाएको पैसा ल्याउने क्रममा एक हजाररु दशका नोट साटेको र बाटोमा आउँदा खसेको आफुहरुले पत्ता नपाएको बताएका छन् ।

Simta