Simta
Simta
lekbesi

कोरना संक्रमित चौथा व्यक्ति ठिक भएर घर फर्कीए ,

Gurvakot

वैशाख ७ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमित धनगढीको सेती अस्पतालमा उपचाररत युवक निको भएर फर्केका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका,९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षण नतिजा नेगेटिभ आएपछि उनलाई आज अस्पतालले डिस्चार्ज गरेको हो ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो ।

lekbesi

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो ।

त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा.जगदीश जोशीले बताए ।

Simta