suekhet
bheriad

९ दिन ८ रात सम्म मनाईने बिस्केट जात्रा भोलिबाट,,

lekabesi

६ चैत, भक्तपुर – भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा भोलिबाट सुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न सोमबार बिहान विशाल सद्भाव एवं शान्ति र्‍याली प्रदर्शन गरिएको छ ।बिसेस गरि यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ र वैशाख ५ गते गहिटी पुर्‍याएर समाप्त हुनेछ ।

यो जात्रामा पहिले जस्तो झगडा हुने र ढुंगा हान्ने कार्य हुन न दिन जिल्ला प्रशासन कार्लय भक्तपुरले यक रयाली पनि निकालेको छ ।जात्रालाई शान्ति रुपमा सम्पन्न बनाउन ३४ ठाँउमा सिसि क्यामेरा जडान गरियको छ, भने ३०० सय भन्दा बडी सुरक्षाकर्मी खटाईनेछ ।साथै जात्रामा कुनै पनि ब्याक्तिले ढुंगा हान्ने झगडा गर्ने जस्ता क्रियाकलाप गरेमा प्रसासनले नछोड्ने र कडा कार्बाही गरिने प्रमुख जिल्ला अधिकारि दोर्ण पोखरेले बताय ।ऐतिहासिक एवम सांस्कृतिक महत्वोको जात्रालाई शान्ति पूर्ण रुपले मनाउन पर्ने भयकोले सबैले सहयोग गर्न पर्ने पनि पोखरेलले जनाय।

बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । जात्रामा कुनै पनि मदिरा , पिया पदार्थ जस्ता चिज हरुलाई रोक लगाईयको छ।