गुर्भाकोट नगरपालिकामा राहत वितरण विवाद र भिडियोमा रंग दर्पणसंग पुनको अभिव्यक्ति यस्तो छ ,

मेयर हस्त पुन संग हाम्रो संवाद ,

वैशाख ८ ,काठमान्डौ – गुर्भाकोट नगरपालिका सुर्खेतमा समानान्तर रुपमा विपन्न गरिब,मजदुरलाई राहत वितरण भएको नगरप्रमुख हस्त पुनले रंग दर्पणलाई बताएका छन् ।

गुर्भाकोट ८ मा राहत वितरण गर्दा एक वृद्द महिलामा जनप्रतिनिधिले हातपात गरिन भन्ने हाम्रो प्रश्नमा भने पुनले त्यो सबै झुट रहेको बताए ।

राहत वितरण समितिले ईन्द्रकला कार्कीको नाम छुटाएकोमा भने उनले सहमत जनाए। पुनले भने राहत वितरणमा विवाद भयो भन्दै नाराबाजी गरेको भन्ने सुनियो के रहेछ भनि बुज्दा नाम छुटेको भन्ने बुझियो ।

lekbesi

सर्वदलिय ,बुद्दि जीवि ,सामान्य नागरिक बसेरनै राहत वितरण गरेको हो केहि नाम छुटेको हुन सक्छ नाम छुटेपनि नगरपालिका समितिमा भन्न सकिन्थ्यो ।

राहत नलीएका मान्छेको नाम समेत बोलेर चामलको कठ्ठा बोकेर गयो ,नायब ,सुब्बाले राहत पाए भनेर एक्कासी भिडियो खिचेर हाल्ने र भाईरल बनाउन खोज्नुमा पुनले दुख प्रकट व्यक्त गरे ।

काम गर्दा केहि गलत हुनसक्छ सत्य तथ्य र तर्कका आधारमा तेस्को लागि निवेदन गर्ने ठाँउ छ ,तेस्तै राहत वितरणमा सबैले पाउनुपर्छ भन्ने हरुले यस्तो गरेको उनले बताए ।

नगरपालिका भित्र रहेका अति विपन्न ,मजदुरलाई राहत वितरण गरिएको छ ,केहि नाम छुटेका भने हामि थप कलेक्सन गर्छौ,फेरी राहत वितरण हुन्छ अझै कति महिना र कति पटक गर्नपर्ने हो त्यो दिन आउदै छ प्रमुख पुनले भने ।

कसैको नाम छुट्दैमा राजनीतिक कारण गर्ने ,लकडाउन उल्लघन गर्ने र आन्दोलन गर्ने जस्ता कार्य निन्दनीय रहेको उनले जानकारी गरे ।

कतिपयले भने नगरपालिकामा आफ्ना मान्छेलाई राहत उपलब्ध गराउने र सेटिङ्ग गरिरहेको देखिन्छ । वास्तविक पिडित ,को हुन् ,उनीहरुको चुलोमा आगो बलेको छ कि छैन ,उनीहरु कोहि पनि छुट्नु हुन्न भनि आफु तेतातित केन्द्रित भईरहेको पुनले बताए।

गुर्भाकोट २ मा राहत वितरणको समस्या के हो भनि रंग दर्पणको प्रश्नमा भने फेसबुकको लोकप्रियता आफै राहत वितरण समितिमा बसेर अरुलाई आक्षेप लगाईएको उनले बताए ।

अन्य जिल्लाका एक मजदुर आएर कति दिनका भोका हुन् खै त्यो हाम्रो धर्म र कर्म हो समितिले केहि राहत दिए छ त्यो पनि कतिनै होला र तेही विषयमा फेसबुकमा पोस्ट गरिएको रहेछ ।

ईन्द्रकला कार्कीको थप भिडियो कसरि आऊट कसले गर्यो शिक्षक ईन्द्र थापाको फोटो पनि कसरि आयो भनि हामीले प्रश्न गर्दा यसको विषयमा छलफल भईरहेको जसको लागि हिजो पनि छलफल भएको उनले बताए।

कोहि पनि नक्कली पत्रकार नबन्न मेयर पुनले आग्रह गरे .जसले गर्दा वास्तविक पत्रकारलाई हानि पुगेको छ र विवादमा पारिन्छ । तेस्तै मेहेलकुनाको क्वारेईनटाईनमा मानिस थपिदै गएको र थप चुनौती आईरहेको उनले बताए ।

भोलि महामारीनै फैलिन सक्छ विभिनन स्थानबाट मजदुर पैदल हिड्दै आईरहेका छन् ।उनीहरुको खान पिन र व्यवस्थापनमा लाग्न सबैलाई पुनले आग्रह गरे ।

तेस्तै मेहेलकुना ,सहारे ,गुमीमा गरेर ८० जना क्वारेईनटाईनमा राखीएको र ति मध्ये १४ दिन काटेका १२ जनाको आज र्यापिड टेस्ट हुने उनले बताए ।

विभिन मुलुकबाट गुर्भाकोटमा १४२ जना भित्रिएको र उनिहरुसंग घर परिवारमा निरन्तर अपडेट भईरहेको पनि मेयर पुले बताए ।