सल्यानका मजदुर कहिले घर पुग्छन माननीयज्यु,

वैशाख ८ ,काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनमा परि थुप्रै नागरिक विभिन्न जिल्लामा अलपत्र छन् ।

जसमध्ये सल्यान जिल्लाका मात्र २५ हजार बढी मजदुर ४६ जिल्लामा अलपत्र परेका छन् । नागरिकले विभिन्न जिल्लाबाट उद्दारको मागगरेपनि हुन नसकेको जानकारी नै छ ।

अलपत्र परेका नागरिकलाई यथास्थिति रोक्न गृह मन्त्रालयको निर्देशन भने सबै ठाँउ लागु हुन सक्दैन ।

lekbesi

काम गर्ने कम्पनि उधोग ,कलकारखाना बन्द भएपछि केहि हप्ता सम्म टिक्नसकेपनि लामो समय मजदुर भोकै बस्न सक्दैनन् र उनीहरु उपत्यकाबाट घर जाने भन्दै पैदल हिडेका छन् ।

मजदुरका घर परिवारमा थप मंसकित तनाब बढेको छ। किसानले बालि भित्राउने बेला असिना अपानीले गहु तरकारी जस्ता अन्नबाली सखाप पारेको बेला नागरिक लकडाउनमाबस्न कसरि सक्छन यो राज्यलाई प्रश्न हो ।

सर्वोच्चले विभिन जिल्लामा अलपत्र परेका नागरिकलाई व्यवस्थापन सहित घर पठाउन परमादेश जारि गरेपनि उपत्यकाबाट कुनै पनि नागरिकलाई एक जिल्लाबाट अर्को जिल्ला जान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि थप केहि दिन नागरिकले सास्थी भोग्न पर्यो ।

आफ्नो घर जाने भन्दै पैदल हिडेका भोका नागरिकलाई कसैले रोक्न सकेनन ,।अहिले विभिन्न क्षेत्रबाट स्थानिय तह ,नगरपालिकाको पहलमा नागरिकको उद्दार भईरहेको छ ।

हिजो मात्र भक्तपुरबाट उर्जा तथा जलश्रोत मन्त्रि वर्ष मान पुनले ४०० रोल्पालीलाई घर पठाए ।

काठमान्डौको कलंकी ,थानकोट,नौबिसे ,नागढुंगा ,भक्तपुर, रसुवा ,वाग्लुंग रामेछाप ,लगायत जिल्लाका अधिकांस स्थानमा सल्यानका नागरिक अलपत्र छन् ,उनीहरुको कहिले उद्दार हुन्छ।

,सबै जिल्लाका माननीयले आफ्ना नागरिकलाई उद्दार पहल गर्ने क्रम जारि छ भन्ने सल्यान जिल्लाका माननीय टेक बहादुर बस्नेत संगको कुराकानीमा उनले भने अलपत्र परेका धेरै सल्यानका नागरिक सम्पर्कमा छन् ।

उनीहरुको लागि पनि विभिनन स्थानका स्थानीय सरकारसंग कुरा गरि खान पिन र बस्ने व्यवस्थापनको गरिरहेको बस्नेतले बताए ।

आज मात्र नुवाकोटको शिवपुरीमा रहेका सल्यानका ४० जना पैदल हिडेका छन् । तेस्तै विराटनगरमा ११० जनालाई उद्दार गर्ने काम भैइअर्हेको बस्नेतले बताए ।

जिल्लाबाट सिडियोले पास नदिएपछि नागरिक अलपत्रमा परेको सल्यानका कर्णाली प्रदेश सरकार राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले बताए ।

कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले पनि विभिनन निकायमा फोन गरिरहेकोले छिट्टै नागरिकको उद्दार हुने जानकारी दिए ।

काठमाडौको इट्टा भट्टा मा काम गर्ने मजदुर चागुनारायण नगरपालिका ९ मा करिब १२० जना र केहि पाटनमा अलपत्र परेको छन्र । त्यहाको नगरपालिकाले यति धेरै जनालाइ व्यवस्थापन गर्न नसक्ने भने पछि उनीहरु आजै पैदल हिडेर सल्यान जाने तयारिमा छन् ।

तेस्तै मजदुरलाई उद्दार गरि घर पठाउन र पास मिलाउनको लागि निम्न कुराको आवस्यक रहेको माननीय टेक बहादुर बस्नेतले बताए ।

काम गर्न गएको स्थानिय तह र जिल्लाको नाम ,सल्यान स्थानीय तहको नाम ,आउन चाहेको मजदुर संख्या र नेत्रत्वको नाम ,गाडी न र सम्पर्क व्यक्तिको नम्बर उपलब्ध गराउन पनि बस्नेतले सबैलाई आग्रह गरे ।

यो संकटको बेला अलपत्र हिडेका मजदुरलाई तत्काल यो कुराको उपलब्ध गराउन उनले सल्यानका स्थानिय तह र ब्याक्तिलाई आग्रह गरेका छन् ।