Simta
Simta
lekbesi

भारतमा कोरोना संक्रमित तिब्र रुपले बढ्दै १७ हजार नाघ्यो ५ सय बढीको मृतु ,

Gurvakot

वैशाख ८ ,काठमान्डौ – भारतमा कोरोना संक्रमित संख्या तिब्र रुपले बढेको छ । भारतमा हाल सम्म कोभिड १९ संक्रमित १७ हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

lekbesi

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय २३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ६३, दिल्लीमा ४५ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ८४ पुगेको छ भने १७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै बिहारमा ९३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।हाल सम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि भारत सरकारले मे ३ तारिक सम्म लकडाउन गरेको छ ।

Simta