राष्ट्रपति भण्डारीलाई अब ट्विटरमा देश विदेशबाट अन्तरक्रिया गर्न सकिने ,,
चैत २६ ,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिएकी छन्। राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका बताय अनुसार राष्ट्रपति विद्या देवी भण्डारीको ट्विटर ह्यान्डिल @PresidentofNP रहेको छ ।
राष्ट्रपति भण्डारीले पहिलो ट्विटमा बालबालिका लाई शिक्षाको पहुँचमा सरकारले गरेको प्रयासको सराहना गरेकी छन्।राष्ट्रपति भण्डारीको पहिलो ट्विटमा भनिएको छ, ‘सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना।
संसारका विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखले आफ्नो धारणा सार्वजनिक गर्न र जनतासँग अन्तर्क्रिया गर्न ट्विटरको प्रयोग गर्दै आएका छन् । नागरिकसँग प्रत्यक्षरुपमा जोडिने लक्ष्यका साथ राष्ट्रपति भण्डारी पनि ट्विटरमा जोडिनु भएको हो, प्रमुख स्वकीय सचिव अधिकारीले भने।
Bidya Devi Bhandari President of Nepal@PresidentofNP
सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) April 9, 2018