Simta
Simta
lekbesi

प्रधानमन्त्रीले ल्याएको अध्यादेशले नेकपा फुट्न सक्छ आकस्मिक बैठक बस्दै ,

Gurvakot

वैशाख ८ ,काठमान्डौ – सत्तारुढदल नेकपा विभाजनलाई बाटो खोल्ने गरी सरकारले सोमबार अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन गरेको छ ।

यो संगै मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ ।

मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनिवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाएका छन् ।

lekbesi

प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल संग पनि छुट्टै भेट घाट गरेका थिए । राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुबैमा ४० प्रतिशत सदस्य आवश्यक पर्छ ।

तर, नेकपाभित्र ओली समूह अल्पमतमा छ । संसदीय दलमा चाहिँ ओली पक्षको पकड बलियो रहेको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीको चाहनाअनुसार सोमबार क्याबिनेटमा ल्याइएको अध्यादेशले पार्टी विभाजनका लागि संसदीय दलमा मात्र ४० प्रतिशत पुर्‍याउँदा पनि विभाजनले मान्यता पाउने प्रावधान समेटिएको छ ।

अध्यादेशको यो प्रावधानले अब ओली समूहलाई पार्टी फुटाउन सजिलो भएको छ । अध्यादेश नल्याएको भए पार्टीभित्र ४० प्रतिशत नपुर्‍याउँदासम्म विभाजनले मान्यता पाउन सक्दैनथ्यो ।

विश्वमा कोरोना महामारीकै बेला सरकारले किन यस्तो अध्यादेश जारि गर्यो त के प्रधानमन्त्री ओलीले नेकपा फुटाउन चाहेका हुन् भने विषयमा सबैको प्रश्न उब्जेको छ ।

यद्यपि कतिपय नेकपा नेताहरुले चाहिँ पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री ओलीले प्रचण्ड लगायतका नेताहरुलाई तर्साउनका लागि मात्र यो अस्त्र प्रयोग गरेको हुन सक्ने अनुमान पनि लगाइरहेका छन् ।

अहिले साढे ५ बजे देखि सचिवालयको बैठक बस्दै छ । किन अकस्मात छुट्टा छुट्टै बैठक बस्यो भन्ने भने केहि पछि हेर्न बाँकी छ।

Simta