सरकारले ल्याएको अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ भिम रावल ,

वैशाख ८ ,काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेश अनिष्टकारी भएको प्रतिक्रिया दिएका छन् ।

कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश आजै जारी गरेकी छन् ।

lekbesi

त्यस्तैगरी तत्कालिन नेकपा (एमाले) को निकै ठूलो प्रयासपछि संवैधानिक परिषदमा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको रावलले बताए ।

यसका विरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको छ । यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ उनले भनेका छन् ।