ओलीको अध्यादेशमा विश्वकै ध्रुविकरणको प्रश्न जोडिएको छ,

भरत दाहाल ,

वैशाख ९ ,काठमान्डौ – सरकारले जारि गरेको अध्यादेशको चौतर्फी आलोचना वोरोध भईरहेको छ ।

विश्व महामारी कोरोना संक्रमणको बेला मजदुर नागरिक अलपत्रको बेला प्रधानमन्त्री ओलीले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशमा विभिनन पार्टी राजनीतिज्ञ हरुले यस्तो प्रतिक्रिया दिएका छन् ।

केपी ओलीको यो कदम अन्तर्राष्ट्रिय संकटसंग जोडिएको एउटा कदम रहेको र
दलालहरु किनबेचको बजार खोलेर देशलाई अस्थिर बनाउन लागेका राजनीतिक विश्लेषक भारत दाहालले प्रतिक्रिया दिएका छन् ।अपराधिले सँधैभरी सून्यता र रिक्तताको वातावरणमा आक्रमण गर्ने भएको हुँदा सबैले बुझी राखन पनि उनले दाहालले बताए ।

lekbesi

नेपालमा कोरोना समस्याको फितलो , भ्रष्टाचार र सचिवालयको निर्णय वामदेबलाई राष्ट्रिय सभामा लैजान भएको निर्णय कार्यान्वयन गर्न नमानेको ओलीलाई स्पष्टिकरण माग्ने तयारी भैरहेको बेला उनले अध्यादेशको हतियार प्रयोग गरेको दाहालको टिप्पणी छ ।

संसदीय दलमा ओलीको ४० प्रतिशत मत नपुगेपछि यो अध्यादेश जारि गरेर अरु दलबाट मानिस किन्ने छुट्टै दल बनाउन लगाई ओलीको सरकारलाई निरन्तरतादिने दाउमा ओली लागेको उनले बताए ।

पार्टीबाट स्पष्टिकरण मागे पनि ओलीको सरकार ढालिने संभावना चाहिं नरहेको तर दल विभाजनको अध्यादेश किन लगियो भन्ने प्रश्न भने धेरैको छ । यसका पछाडि विश्वको ध्रुविकरणको प्रश्न जोडिएको छ दाहालले बताए ।

ओलीले आफ्नै दलको समितिले एमसिसि संसोधनका लागि तयार पारेको रीपोर्ट अहिलेसम्म नबुझेको र त्यसमा प्रदीप ज्ञवालीलाई हस्ताक्षर गर्न पनि नदिई
यसलाई नयाँ संझौता गरेर जसरी पनि अगाडी बढाउने ओलीको योजना बनेको दाहालले भनेका छन् ।

कोरोना संक्रमणले पश्चिमाहरुलाई थला पारेपछि चीन विरोधि मोर्चाका रुपमका छानिएको नेपाल हातबाट फुत्कन सक्ने संभावनालाई मध्यनजर राखेर यो कदम चाल्न लगाईएको भरत दाहालको दाबी छ ।

ओलीले व्यक्तिगत अनुमानका भरमा यो अध्यादेशको कदम नचालेको र ईण्डो-पश्चिमा शक्तिहरुले अन्य दलभित्रका दलालहरुसंग गृहकार्य गरि सबैतिर विभाजन ल्याएर बहुमत हासिल गर्न सकिने हिसाब अनुसार यो कदम चालिएको दाहाल बताउछन ।

आन्तरिक रुपमा हेर्दा ओलीको सरकार जोगाउने र विश्व संदर्भबाट हेर्दा नेपालमा पश्चिमाहरुको रणनीतिलाई बलियो बनाउने योजनाबाट अध्यादेश आएको र यसको लागि आवश्यक पहिलो कुरा अराजकता र अस्थिरतालाई ओलीले निरन्तरता दिएका छन्।

मदन भण्डारी मारेर एमालेभित्र एनजिओका एजेन्टहरुलाई निर्णायक बनाईयो। राजा वीरेन्द्रलाई मारेर पुष्पकमल र बाबुरामलाई निर्णायक खेलाडीका रुपमा स्थापित गरेर १२ बुँदे गराईयो।

भूकम्पको मौका छोपेर ईण्डियाले नाकाबन्दी लगायो। ओलीको बहुमत बनाएर सिआईले एमसिसिको ढडिया थाप्यो।

अहिले कोरोनाले नेपालीहरुलाई घरभित्र कैद गरेको बेला ओलीको अध्यादेश आयो अपराधिहरुले यस्तै सून्यताका अवस्थाहरुको खोजि गर्ने दाहालले बताए ।

सामान्य ढंगले काम गर्न नसक्ने अवस्था आयो भने ओलीको भूमिका घोर निरङकुसतामा देशलाई होमी दिने हुन्छ भन्ने कुरामा संका छैन।

तर पनि विश्व परिस्थिति यीनीहरुले कल्पना गरे अनुसार अनुकूल हुने संभावना कमजोर रहेको छ ।

दलका नामका अपराधिक गिरोहहरुको भ्रमबाट मुक्त भएर असल मानिसहरुको ध्रुविकरण गर्न सकियो भने यीनीहरुको अन्तिम विनाशको समय आईसकेको छ। यो उनीहरुको अन्तिम प्रयास हो दाहालले भने ।

दलालहरुका ध्रुवहरुका विरुद्धमा हामी नयाँ ध्रुव निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छ। आफूले हासिल गरेका अनुभवका आधारमा अघि बढ्ने आँट गरौं ।

नेपालीहरु संगठित् हुन नसक्नुको फाई उठाएर मात्र यीनीहरु टिकीरहेका छन् राजनीतिक विश्लेषक भरत दाहालले लेखेका छन् ।