प्रधानसेनापति क्षत्री कंगो र दक्षिण सुडान भ्रमणबाट स्वदेश फर्किए ,,
२६ चैत, काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री कंगो र दक्षिण सुडानको भ्रमण गरी सोमबार स्वदेश फर्किएका छन् ।ती देशमा स्थापित संयुक्त राष्ट्रसंघीय मिसन र शान्ति स्थापनार्थ खटिएको नेपाली सैनिकको कन्टिन्जेन्टको निरीक्षण भमणका लागि चैत १९ गते त्यसतर्फ गएका क्षेत्री सोमबार फर्किएका हुन् ।
निरीक्षण भ्रमणको प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत वस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायतका विषयमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गरेका नेपाली सेनाले जनाएको छ ।भ्रमणका क्रममा उनले कङ्गोस्थित राष्ट्रसंघीय मिसन र दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनका कमाण्डर तथा उच्च पदाधिकारीसँग अन्तक्रिर्यासमेत गरेका थिए ।
सोमबार स्वदेश फर्किदा क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्वको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबर्द्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिवृद्धि भएको नेपाली सेनाले जनाएको छ ।