गरिबका पसल बन्द गरि ठुला मार्केट खोलेपछि वडा अध्यक्षले गरे अनामनगरको भाट भटेनि बन्द ,

वैशाख ९ ,काठमान्डौ – राजनीतिक पहुँचको आधारमा खुल्ला गरि राखेको काठमान्डौ अनामनगरको भाटभटेनि सुपरमार्केट बन्द गरिएको छ ।

(कोभिड १९) कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण यो मार्केट खुलिरहेको थियो । नागरिकका साना किराना पसल बन्दमा राखेर यो भाटभटेनि खुल्ला रहेको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष कुश ढकालले भाटभटेनी बन्द गराउन भनेका थिए तर शुरुमा अटेरी गरेपनि सोमबारबाट भने भाटभटेनी बन्द भएको वडाध्यक्ष ढकालले जानकारी दिए ।

lekbesi

सुरक्षाका लागि बाहिर दुरी कायम राखेपनि मार्केट भित्र भिड लाग्ने गरेको थियो । संक्रमण फैलने उच्च जोखिममा रहेको भन्दै वडाध्यक्षले भाटभटेनी बन्द गराउनुपर्ने बताउँदै आएका थिए ।

अनामनगरको भाटभटेनि बन्द भयपनी नक्साल, कोटेश्वर ,चक्रपथ ,बालाजु लगायतका ठाउँहरुमा भने भाटभटेनी दैनिक खुला हुने गरेका छन् ।

भाटभटेनि भित्र दैनिक भिड लाग्ने गरेको छ ,बाहिर दुरी कायम राखेर मात्र हुँदैन वडा अध्यक्षले भने ।

तेस्तै सामान्य किसानका मजदुरका पसल बन्दमा राखेर भाट भटेनि सरकारले खुल्ला राखेपछि नागरिकले सामाजिक संजालभरि विरोध गरेका छन् ।