उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ देखियो, पुन परिक्षन गर्न पठाईयो ,

वैशाख ९ ,काठमान्डौ – उदयपुरमा थप ८ जनामा कोभिड १९ को पोजेटिभ आशंका गरिएको छ ।

विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएपछि देखिएका थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

lekbesi

त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि पुन परीक्षणका लागि धरान पठाइएको हो ।