प्रदेश ५ मा पहिलोपटक एक वृद्धमा र्‍यापिड टेस्ट पोजेटिभ,

वैशाख १० ,रुपन्देही – प्रदेश ५ मा र्‍यापिड टेस्टमा पहिलोपटक कोरोना संक्रमण पोजेटिभ आएको छ ।

पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको हो ।

बर्दघाट नगरपालिका,४ का ७८ वर्षीय पुरुषको र्‍यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा दुई पटक गर्दा पनि पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।

lekbesi

उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिए ।

डा. होदाले भने, ‘बुधबार (आज) दिउँसोसम्म रिपोर्ट आउँछ । ति वृद्ध लामो समय देखि घरमा बस्दै आएका थिए उनको छातीमा समस्या देखिएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए । उनि एक वर्ष पहिले अमेरिकाबाट नेपाल आएका थिए । तेस्तै

उनीसँगै उनका परिवारका सबै सदस्यहरुको र्‍यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनाको र्‍यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।