सल्यानको बागचौरमा उद्दार गरिएका नागरिकलाई घर परिवारले बस्न दिएनन ,

बैशाख १० सल्यान – सल्यानमा उद्दार गरिएका नागरिकलाई घर परिवारले घरमा बस्न दिन मानेका छैनन् । सल्यान बागचौर नगरपालिका १० मा काठमान्डौमा उद्दार गरिएका ८ जनालाई आफ्नै घर परिवारले घरमा पस्न दिएका होइनन ।

संखुवासभाबाट काठमान्डौ चन्द्रागिरि नगरपालिकामा बसिरहेका ९ जनालाई उद्दार गरि सल्यान लागिएको थियो ।१ जना शारदा नगरपालिका १३ र ८ जना बागचौर नगरपालिका १० का हुन् ।

परिवारले घर भित्र पस्न नदिएपछि उनीहरुलाई छुट्टै नजिकैको विद्यालयमा व्यवस्थापन गरेर राखीएको वडा न १० का वडा अध्यक्ष कृष्ण कुमार खड्काले बताए ।

lekbesi

कोरोना संक्रमणबाट विश्व महामारीनै आक्रान्त रहेको जसको प्रतक्ष असर नेपालमा पनि रहेको भन्दै घर परिवारले छुट्टै राखिदिन अध्यक्ष संग माग राखेका हुन् ।

काठमान्डौबाट आउँदा विभिनन जिल्लाका मान्छे संग गाडीमा बसेर आएको हुनाले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै घर परिवारले केहि दिन क्वारेईनटाईनमा राख्दिन माग गरेको अध्यक्ष खडकाले बताए ।