भारतमा कोरोना संक्रमितको मृतु हुँदा नेपालमा त्रास ,

वैशाख १० भारत ,- छिमेकी मुलुक भारतमा ( कोभिड १९ ) कोरोना संक्रमणको बढ्दो संक्रमणले नेपाललाई त्रास बनाएको छ ।

विश्वमा कोरोना संक्रमणका कारण लाखौको मृतु भईसैको छ । भारतमा हाल सम्म कोरोनाबाट २० हजार भन्दा बढी संक्रमित छन् भने ६ सय ४५ जनाको मृत्यु भईसकेको छ ।

जसको असर नेपालमा पनि पर्न सुरु गरेको छ । हाल सम्म नेपालमा ४२ जनामा कोभिड १९ संक्रमण फेला परिसकेको छ ।

lekbesi

नेपालमा कोरोनाबाट कसैको मृतु भने भएको छैन ,तर छिन छिनमा संक्रमित फेला परिरहेका छन् ।

छिमेकी मुलुक नजिकै रहेको र सिमानाका नाकामा संक्रमित रहेको हुनाले नेपालमा पनि ठुलो ससर पार्नसक्ने सबैको आंकलन छ ।

भारतबाट समान ल्याउने ट्रक ,गाडीहरु पनि नेपाल भित्र दैनिक भित्रिरहेका छन् । जसको कारण कोरोनाले नेपालमा पनि ठुलो असर पार्न सक्ने भन्दै नागरिक त्रसितको भरमा बाँचीरहेका छन् ।

तेस्तै यो सँगै भारत धेरै कोरोना संक्रमित भएको १७ औं मुलुक बनेको छ।मंगलबार भारतमा १४ सय ९३ नयाँ संक्रमित फेला परेका छन्।

राजस्थानमा १ सय ५९ नयाँ संक्रमित फेला परेका छन् भने पश्चिम बंगालमा ५३ जना संक्रमित भेटिएका छन्।अन्य भारतीय राज्यहरूमा समेत कोरोना भाइरस संक्रमितहरू तीव्र गतिमा बढिरहेको तथ्यांकले देखाएको छ।