अध्यक्ष प्रचण्ड केहि बोलेनन् ,

वैशाख १० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज वालुवाटारमा आफ्ना पार्टीका संघीय सांसदहरूसंग छलफल गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ। ओलीले सुदूर पश्चिम प्रदेशका सांसदहरूको ब्रिफिङमा अध्यक्ष प्रचण्ड दाहाल अन्तिम बेलातिर मात्र आइपुगेका थिए।

गत ८ गते सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

lekbesi

प्रचण्ड आउने बेला सम्म भने ओलीले अध्यादेशबारे आफ्नो भनाइ राखिसकेका थिए। प्रधानमन्त्रीले तपाई ढिला आउनुभयो मैले साथीहरुसंग कुरा राखिसकेको छु भन्दा प्रचण्ड केहि बोलेनन् तर मुसुक्क हासेका थिए ।

सबै प्रदेशका सांसदहरु संग छलफल गरिसकेपछि भने अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीको छलफल दिनभर हुने एक सांसदले जानकारी दिएका छन् ।

लकडाउन लम्बिने र सिमानाकामा कडाई गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।भारतमा कोरोना संक्रमण भाईरस नियन्त्रण नभएसम्म नेपालमा लकडाउन जारि रहने ओलीले बताएका छन् ।