बाँके र बर्दियाको सिमाना खोलामा कसले फाल्यो एति धेरै भारतीय र नेपालि नोट ,

बैशाख १० बाँके – बाँके र बर्दियाको सिमानमा पर्ने मानखोला नजिक एक बोरा पैसा वेवारिसे अवस्थामा भेटिएको छ ।

जिल्लाको सिमाना बाँसगढि नगरपालिका ३ मानखोलामा नजिकै सडक भन्दा अन्दाजी ५० मिटर दक्षिणतिरको स्थानमा एउटा सेतो बोरा भित्र १६,७२७ (सोह्र हजार सात सय सताइस मात्र) रकम फेला परेको हो ।

lekbesi

फोटो याम बुढाको सामाजिक संजालबाट ,

इलाका प्रहरी बाँसगढी कार्यालयवाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा उक्त पैसा फेला पारेको इन्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए।

फेला परेको सेतो बोरा भित्र रु ५ का नोट २,९२१ गरि १४,६०५ ,रु दशका ११८ गरि १०८० ,तेस्तै भारतीय २० का नोट २६ बटा ८३२ र भारतीय १० का नोट १२ वटा साथमा अन्य भारु १ २ र नेपाली सिक्का सहित जम्मा १६,७२७ रुपैया इलाका प्रहरी कार्यालय बाँसगढीले जानकारी दिएको छ ।

फेला परेका उक्त खुद्रा नोट इलाका प्रहरी कार्यालय बाँसगढीमा राखीएको र पैसा बोरामा हालेर कसले किन फालीएको भन्ने अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।