नेपालमा थप ३ जनामा कोरोना पुस्टि संक्रमित संख्या ४५ पुग्यो ,

वैशाख १० ,काठमान्डौ – नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहका २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

lekbesi

यो संगै नेपालमा कोभिड १९ संक्रमणको संख्या ४५ पुगेको छ जसमधे ७ जना ठिक भएर घर फर्केका छन्।