अपहरण’मा परेका सांसद यादव फुत्केर पार्टीको सम्पर्कमा पुगेपछि ,

वैशाख ११ ,काठमान्डौ – जनता समाजवादी पार्टीले आफ्ना नेता तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादव अपहरण मुक्त भएको बताएको छ ।

तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख रहेका विश्वदीप पाण्डेले काठमाडौंको मेरियट होटेलबाट यादव अपहरणमुक्त भएको बताएका हुन्।

पार्टी फ़ुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव पार्टीको सम्पर्कमा पुगेको छन् ।

lekbesi

यधपी घटनाको विषयमा भने थप जानकारी आउन बाँकी छ । उनलाई कसले अपहरण गर्यो भन्ने भने जानकारी हुनसकेको छैन ।

यादवले आफुलाई काठमान्डौ ल्याउने मान्छेको नाम भन्ननै डराएको बताईएको छ ।

डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली राति ३ बजे काठमाडौं ल्याइपुर्‍याएको पाण्डेले बताए ।

समाजवादी पार्टी र राजपा एकता घोषणा हुँदै गर्दा केही नेताहरुलाई प्रधानमन्त्रीको निर्देशनमा अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ।