Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीले भने अध्यादेश फिर्ता लिन्छु ,

Gurvakot

वैशाख ११ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् ।

आफ्नै पार्टी भित्र र बाहिर बाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका हुन्।

प्रधानमन्त्री निवास वालुवाटारमा बिहिबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे बिहान करिब एक घण्टा छलफल भएको थियो ।

lekbesi

तेस्तै वरिस्ट नेता माधव कुमार नेपालले पनि अध्यादेश फिर्तालिन सुझाव दिएका थिए ।दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छन् ।

छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले बताएको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका छन् ।

बैठक माग गर्ने स्थायी कमिटी सदस्यहरु प्रचण्ड र माधव नेपाल निकट छन् । प्रधानमन्त्री ओलीनिकट स्थायी कमिटी सदस्य र मन्त्री रहेका सदस्यहरुले बैठक मागको पत्रमा हस्ताक्षर गरेका छैनन् ।

Simta