थप दुई जनामा कोभिड १९ संक्रमितको संख्या ४७ पुग्यो ,

वैशाख ११ ,काठमान्डौ – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुस्टि भएको छ यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन् ।

तेस्तै कोरोन संक्रमित ९ जना निको भएर घर फर्केका छन् ति मध्ये पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्केको जनाएका हुन् ।

lekbesi

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन्। क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेको मन्त्रालयले जानकारी दिएको हो ।