प्रधानमन्त्री ओली र प्रचण्डको भेट घाटपछि सांसदहरुसंगको छलफल रोकियो ,

अध्यादेश फिर्ता लिने ओलीको भनाई ,

वैशाख ११ ,काठमान्डौ – नेपाल कम्युनिस्ट नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच नेकपा स्थापना दिवसकाे दिन भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको समसामयिक छलफल करिब एक घण्टा भएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको छ।

२० जना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक बोलाउन माग गरेका छन्। उनीहरुले विधान अनुसार स्थायी कमिटी बैठक नबोलाइएको भन्दै दुवै अध्यक्षलाई पत्रचारपनि गरिएको छ ।

lekbesi

सरकारले ल्याएको अध्यादेश गलत भएको भन्दै स्थायी समितिमा छलफल हुनुपर्ने जरुरि रहेको पनि पत्रमा लेखिएको छ ।

तेस्तै सातै प्रदेशका सांसदहरुलाई बोलाएर दुबै अध्यक्षले सुरु गरिएको समसामयिक विषय र परिप्रेक्ष ब्रिफिङ स्थगित गरिएको छ ।

बुधबार सुरुमा उनले सुदूरपश्चिम प्रदेश,बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए।

बाँकी रहेका सांसदहरु संग अर्को दिन छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए। प्रधानमन्त्रीको आन्तरिक छलफल भएकाले कार्यक्रम स्थगित गरिएको उनले बताए ।

अध्यादेशको चौतर्फी विरोध भएपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । लगतै प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताएका छन् ।