प्रधानमन्त्री ओलीले कतारमा रहेका नेपालीको चासो राख्दै कतारका प्रधानमन्त्रीसंग टेलिफोन संवाद,

बैशाख ११ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्रीसंग टेलिफोन संवाद गरेका छन् ।

ओलीले कतारमा रहेका नेपालिको सुरक्षा र कल्याणका बारेमा चासो राख्दै कतारका प्रधानमन्त्री विन अब्दुलाल्जी अल्थानी संग आज टेलिफोन संवाद गरेको बताएका हुन् ।

कतारमा विभिन्न आरोपमा गिरफ्तार भएका १७ नेपालिको रिहाईप्रति प्रधामन्त्री ओलीले खुसि ब्यक्त गरेका छन् ।

lekbesi

कतारमा रहेका नेपालिको बारेमा कुनै चिन्ता नलिन आफुलाई कतारका प्रधानमन्त्रीले आग्रह गरेको ओलीले जानकारी गरेका छन् ।

विश्वमा कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय विभिन्न देशका रास्ट्रपति प्रधानमन्त्रीसंग टेलि फोन गर्दै विदेशमा रहेका नेपालिको चासो राख्ने गरेका छन् ।