८१ वर्षीय वृद्धाले कोरोनालाई जितेपछि खुसि भए डा.रविन्द्र पाण्डे ,

वैशाख ११ ,काठमान्डौ – सनसिटी अपार्टमेन्टमा बस्ने ८१ बर्षकी आमाले कोरोना संक्रमण जितेर घर पुगेपछि आफु सारै खुसि भएको जन स्वास्थ्य विज्ञ डा .रविन्द्र पाण्डे समिरले बताएका छन् ।

आत्मबलको सौर्यले कोरोना भाइरसलाई हराउछ। जेष्ठ नागरिक हुँदैमा, औषधिसेवी हुँदैमा कोरोना संक्रमणले सबैको ज्यान लिदैंन ।

आत्मबल र इम्युनिटी पावर नै रोग जित्ने अचुक अस्त्र हो जसको उदाहरण आज अस्पतालबाट डिस्चार्ज हुनु भएको आमा हुनुहुन्छ डा. पाण्डेले भने ।

lekbesi

सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमणबाट निको भएर आज आमाको मुख हेर्ने दिनमा घर पुगेकी हुन् ।

१० दिनको अस्पताल बसाई पछी आज उनि घर फर्केपछि उनलाई देश देखि विदेशबाट सुभकामना दिएका छन् । आज उनलाई सबैले आमाको मुख हेर्नेदिनमा भिडियो कल गरेर सम्झेका छन् ।

तेस्तै कोरोना संक्रमणबाट बच्न सामुहिक बसाइ तथा सामुहिक काम गर्ने ठाउँमा सतर्कता अपनाउन सरकारले पहल कदम चाल्नुपर्ने डा.पाण्डेले बताएका छन् ।

अमेरिका तथा युरोपका धेरै बृद्धाश्रममा कोरोना संक्रमण फैलिएर धेरै जेष्ठ नागरिकको मृत्यु भएको हुनाले सामुहिक ठाँउमा सरकारले जोड दिनपर्ने उनको माग छ ।

कोरोन भाईरस घातकताको हिसाबले कमजोर भएपनि यसको सर्ने गति तिब्र हुने समिरले जानकारी दिएका छन् ।

जेल, प्रहरी सैनिक ब्यारेक ,गस्ती अभ्यास, धार्मिक तथा सांस्कृतिक स्थल, अस्पताल, प्रशिक्षण केन्द्र, बृद्धाश्रम, एबम होस्टेलहरुमा उच्च स्तरको सतर्कता अपनाउन पर्ने उनले आग्रह गरेका हुन् ।

विश्वका ५२ देशमा २२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र पीपीई को अभाव र गुणस्तरहीन पीपीईको प्रयोगले सयौको संख्यामा मृतु भएको समेत विश्व स्वस्थ्यसंगठनले बताएको छ ।

अमेरिका लगायत विश्वका धेरै देशले सैनिक प्रसिक्षन रोकेको र फ्रान्स भारत लगायातका देशमा सुरक्षाकर्मीलाई कोरोन संक्रमण सरेको उदहारण दिदै पाण्डेले विश्वका घटनाबाट पाठ सिक्न पर्ने पनि सुझाव दिएका छन् ।

अमेरिका, युरोप, इरान लगायतका देशमा कैदीहरु संक्रमित हुन थाले पछि अस्थायी रुपमा जेलबाट बाहिर निकालिएको, चर्च मस्जिदबाट बिभिन्न देशमा संक्रमण फैलिएको घटनालाई समिरले सम्झीएका छन् ।