राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री ओली ,
वैशाख ११ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् ।
दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न बिहीबार साँझ शितल निवास पुगेका हुन् ।
पार्टीमा छलफल नै नगरी अध्यादेश जारि गरेपछि पार्टी भित्र र बाहिर उनको चर्को विरोध भएको छ ।
प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न जानु भने अर्थपूर्ण रहेको सबैले बताएका छन् ।