लकडाउनले काठमान्डौमा समस्या परेका गोरखा सुलिकोटका ६१ परिवारलाई सक्रिय युवाद्वारा खाद्यान उपलब्ध ,

वैशाख ११ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाउँपालीकाबाट काठमाडौं आई पढ्ने बिधार्थी मज्दुरी गर्नुहुने र लकडाउनमा परि खान बस्न समस्या परेकाहरुलाई खाद्यन वितरण गरिएको छ ।

कोरोना संक्रमणबाट बच्न सरकारले जारि गरेको लकडाउन बढ्दै गएपछि गाँउपालिकाका सक्रिय सामजिक युवाहरूले ब्याक्तिगत रूपमा पैसा उठाएर २५ किलो एक बोरा चामल ,दाल एक केजी, नुन एक केजी, एक लिटर तेल, चिउरा ,सोबिन,खाद्यान वितरण गरिएको हो ।

lekbesi

काठमान्डौमा बस्दै गरेका बारपाक वडा न .१ ,२ ,३ स्वाँरा ६ र ताकुकोट ५ का गरि १९ परिवारलाई खाद्याना उपलब्ध गराएको वन मन्त्रिका स्वकीय धिरज उपरकोटीले रंग दर्पणलाई जानकारी गराए ।

राहत वितरणको आज पाँचौ दिन सम्म गोरखा सुलिकोट गाउँपालीका सबै वडाको गरि ६१ परिवारलाई राहत बितरण गरिएको उनले बताए ।

बारपाकबाट काठमान्डौमा बस्दै गरेका विद्यार्थी भाई बहिनि मजदुरी गर्ने र सारै समस्यामा परेकालाई सम्पर्क गर्नपनि उनले आग्रह गरेका हुन् ।

राहत वितरण गरिएका परिवार कसको पनि फोटो सार्वजनिक नगरी आन्तरिक रुपमा डाटा संकलन गरिएको र जो कोहि समस्यामा परेका बरपाक सुलिकोटका काठमान्डौमा बस्ने मजदुरलाई खाद्यान्न उपलब्ध गराईने पनि उपरकोटीले बताए ।

तेस्तै राहत वितरणमा खाद्याना बोक्न सुरु देखि आज सम्म गाडी उपलब्ध गराईदिने डप्लु घिसिङलाई उनले बिशेष धन्यवाद ज्ञापन गरेका छन्।