जिल्ला भरिका क्रियाशील पत्रकारलाई नगर प्रमुखको सेनिटाइजर सहयोग,

बैशाख १२ ,नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको सुनवल नगरपालिकाको नगर प्रमुख भिम बहादुर थापा (भरत) ले जिल्ला भरीका क्रियाशिल पत्रकारहरुको लागि सेनिटाइजर सहयोग गर्नुभयो छ ।

कोरोना भाइरसबाट जोगिन लकडाउनको समयमा पत्रकारिता गरिरहने सक्रिय पत्रकारहरुका लागि नगर प्रमुख भिम बहादुर थापाले ७० थान सेनिटाइजर सहयोग गर्नु भएको नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्माले जानकारी गराउनु भएको छ ।

पत्रकार महासंघ नवलपरासी शाखालाई सेनिटाइजर उपलब्ध गराउनु भएकोमा जिल्लाको सबै पत्रकारहरुको तर्फबाट नगर प्रमुख थापालाई अध्यक्ष शर्माले आभार प्रकट गर्नु भएको थियो ।

lekbesi

त्यसैगरी सेनिटाइजर लिन पुगेका पत्रकार महासंघको टोलिमा संलग्न १० जनालाई के.एन. नाइन्टिन मास्क नगर प्रमुख थापाले उपलब्ध गराउनु भएको छ । यश अघि महासंघलाई ७ सय थान मास्क सहयोग गर्नु भएको थियो ।

गद यादव/ नवलपरासी पश्चिम,