बालुवाटारमा ओली प्रचण्ड र देउवाबीच छलफल,

वैशाख १२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष प्रचण्ड र नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाबीच वालुवाटारमा छलफल भईरहेको छ ।

देउवालाई छलफलका लागि प्रधानमन्त्रीले वालुवाटारमा बोलाएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

देउवा कुन छलफलको लागि पुगेका हुन् भन्ने भने नबताएपनि सरकारले जारि गरेको अद्यादेश र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणबारे छलफल हुने छन् ।

lekbesi

गत ८ गते सरकारले दल विभाजन हुने गरि ल्याएको अद्यादेश भने चौतर्फी विवाद भएपछि आज सरकारले खारेज गरेको छ ।

प्रधानमन्त्री ओली प्रचण्ड र देउवाबीच पछिल्लो परिस्थिति र परस्पर छलफल भईरहेको बालुवाटार श्रोतले जनाएको छ ।