सिम्ता गाँउपालिका वडा न ४ द्वारा अति विपन्न वर्गलाई राहत वितरण ,

बैशाख १२ ,सुर्खेत – सुर्खेत सिम्ता गाँउपालीका वडा नम्बर ४ साविक बजेडिचौरले विपन्न मजदुरलाई राहत वितरण गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको महामारी सरकारले गरेको लकडाउन जारिमा अति विपन्न मजदुर वर्गलाई राहत वितरण गरिएको वडा न. ४ नेकपाका सचिव रेशमलाल हमालले रंग दर्पणलाई जानकारी दिए ।

सर्बदलिय राहत वितरण समिति गठन गरि विपन्न २५ घर परिवारलाई राहत वितरण गरिएको उनले बताए ।

lekbesi

प्रत्येक परीवारलाई २५ किलो चामल,१ किलो नून,१ लिटर तेल संगै २ वटा साबून हस्ताण्तरण गरिएको हमालले बताए ।

वडामा कोरोना भाइरस रोकथाम तथा नियनत्ररण सम्नवय समितिले सबै टोलबाट सिफारिस भई आएका अन्य परिवारलाई क्रमस राहत वितरण गरिने पनि उनले जानकारी गरे ।

वडा न ४ बाट हाल सम्म ४४५ जना भारतमा रोजगार गर्दै आइरहेको र अन्य देशमा ३९ जना ,संगै नेपालको विभिनन स्थानमा २० जनाले रोजगारी गर्दै ईरहेको पनि वडा कार्यालले बताएको छ ।

वडा कार्यालय भन्दा बाहिर रहेका नागरिकको अवस्था सम्बन्धित पक्षसंग बुझी सहयोगको लागि पहल गरिने पनि सचिव हमालले बताएक छन् ।

वडानका सम्पूर्ण उधाेगि व्यापारि शिक्षक कर्मचारी लगायत सहयोग गर्ने आम नागरिकमाथि हमालले धन्यवाद ज्ञापन ब्यक्त गरेका हुन् ।