आज देखि तिन दिन सम्म लगायातर हावा हुरी र चट्याङ्ग,

वैशाख १३ ,काठमान्डौ – केहि दिन देखि देशमा सक्रिय हुँदै आईरहेको मौसम अझै लगातार तिन दिन सम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको जलवाष्पयुक्त हावाको समेत प्रभावले देशभर हावा हुरी असिना पानि संगै चट्याङ्ग पर्ने गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ तथा पश्चिमी भू–भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

lekbesi

यसैगरी, राति पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ र मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक,दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा महाशाखाले जनाएको हो ।