भारतमा लकडाउन खुकुलो नेपालमा के हुन्छ ,

बैशाख १३ ,काठमान्डौ – भारतमा कोरोना भाईरास महामारीका कारण लगाइएको लकडाउन खुकुलो पार्ने भएको छ ।

भारतीय गृह मन्त्रालयले शुक्रबार साँझ जारी सूचनामा आवस्यक सुरक्षा अपनाएर पसल हरु खोल्न दिने भारत सरकारले बताएको छ ।

पशलमा काम गर्ने कामदारले अनिवार्य माक्स प्रयोग गर्ने र पसलमा ५० प्रतिशत बढी कामदार राख्न नपाइने बताएको छ।

lekbesi

अत्यधिक संक्रमित क्षेत्रका पसल भने खोल्न पाइने छैन ।केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

हाल सम्म भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

कोरोन संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गत चैत ९ गते लकडाउन गरेको छ ।

भारतमा कोरोना संक्रमण नियन्त्रण नभएसम्म नेपालमा लकडाउन जारि रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सरकारले गरेको लकडाउनको अवधि अब दुई दिन बाँकी छ । बढाउने कि खुकुल्लो बनाउने भनेन सरकारको आज निर्णय हुने छ ।

हाल सम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण फेला परेका छन् ति मध्ये ११ जना ठिक भएर घर फर्किसकेका छन् ।