नगरपालिका राहतमा दिएको तेल खाँदा दर्जनौं बिरामी परिक्षन गर्न पठाईयो,

बैशाख १३ ,महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाले राहतमा वितरण गरिएको खाने तेल खाँदा दर्जनौं विरामी परेका छन् ।

राहतमा बाँडिएको खाने तेल तरकारीमा प्रयोग गर्दा गौशाला नगरपालिका ४ का दुई दर्जन भन्दा बढी महिला बालबालिका विरामी परेका हुन् ।

नगरपालिकाले राहतमा तेल खाएपछि सो वडाका अधिकांशलाई पखालाको समस्या देखिएको हो ।

lekbesi

राहतमा खाने तेलको नाममा अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै स्थानीय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका छन ।
गौशाला नगरपालिकाले सर्वसाधारण विरामी भएको घटनाको छानविन गर्ने प्रतिबद्धता जनाएको छ । विरामीको उपचार र दोषीलाई कारवाही गर्ने पनि नगरपालिकाले जनाएको छ ।

गुणस्तरहीन तेल खरिद गरी राहत बाँडेको र सो तेल खाएपछि स्थानीयहरु विरामी पर्नथालेपछि ईलाका प्रहरी कार्यालय गौशालाले उक्त तेल नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासनले राहतमा बाँडेका तेल परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएको छ ।

परीक्षणको रिर्पोट आएपछि प्रहरीले थप अनुसन्धान थालिने स्थानीय प्रशासनले जनाएको छ ।

गौशाला नगरपालिकाले वडा नम्बर ४ मा ३ लाख ८४ हजार ४ सय रुपैयाँ बराबरको ६ सय ८० घरपरिवारलाई शुक्रवार चामल दाल नुन तेल आलु राहत वितरण गरिएको थियो ।

गौशाला नगरपालिकाले सर्वसाधारण विरामी भएको घटनाको छानविन गर्ने प्रतिबद्धता जनाएको छ । विरामीको उपचार र दोषीलाई कारवाही गर्ने पनि नगरपालिकाले जनाएको छ ।