क्वारेन्टाइनमा बसेका १५ जनामा देखियो औलो ,

बैशाख १३ ,काठमान्डौ – क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा औलो संक्रमण देखिन थालेको छ ।

पछिल्लो समयएता कोरोना संक्रमण रोकथाम तथा अनियन्त्रणको लागि सरकारले क्वारेन्टाइनमा राखीएका ब्याक्तिमा औलो पोजेटिभ संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुदूरपश्चिमका केही जिल्लाहरुमा कोरोना परीक्षणसँगै औलो पनि परीक्षण गरिएको थियो ।

lekbesi

सोही क्रममा १५ जनामा औलो संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा. बासुदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समय क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको औलो परीक्षण गरिएको र औलो (पोजेटिभ ) संक्रमण देखिएको पाण्डेले बताए ।

क्वारेन्टाइन बनाईएको स्थानमा अफोहोर हुने पानि जम्ने सरसफाई नहुँदा औलो बढेको उनले बताए ।