Simta
Simta
lekbesi

निको भएका कोभिड १९ संक्रमितमा पुन:दोहोरिन सक्ने विश्वस्वाथ्य संगठन के भन्छ, ,

Gurvakot

बैशाख १३ ,काठमान्डौ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमित निको भएका हरुमा फेरी पनि बल्झिनसक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको संक्रमणको उपचारपछि ठिक भएका व्यक्तिको शरीरमा भएको एन्टिबडीले फेरि संक्रमणबाट बचाउन सकिने कुनै प्रमाण हालसम्म फेला परेको छैन ।

साथै डब्ल्यूएचओले शरीरमा विकास भएको एन्टिबडीले दोस्रोपटक हुन सक्ने संक्रमणबाट बचाउँछ भन्ने प्रमाण पनि नपाइएको डब्ल्यूएचओले बताएको छ ।

lekbesi

एसको विषयमा डब्ल्यूएचओले अध्यन गरिरहेको र एकपटक निको भइसकेका बिरामीमा पुनः यो भाइरसको संक्रमण हुँदैन भन्ने कुनै ग्यारेन्टी नभएको बताएको छ ।

केही मुलुकहरुले कोरोना भाइरसको एन्टिबडी विकास भएका मानिसमा पुनः कोरोना भाइरसको संक्रमण नहुने सुझाव दिइरहेको भन्दै डब्ल्यूएचओले यस्तो कार्यले कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने बताएको छ ।

डब्ल्यूएचओले निको भएर फर्केका मानिसले पनि अन्य मानिसले जस्तै सुरक्षाको उपाय अपनाउनुपर्ने डब्ल्यूएचओले बताएको छ ।

Simta