Simta
Simta
lekbesi

वीरगन्जमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संख्या ५१ पुग्यो ,

Gurvakot

बैशाख १४ काठमान्डौ – वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीकाले जानकारी दिए ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् ।

lekbesi

छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

यीमध्ये एकजना महानगरका सरसफाइ कर्मचारी हुन्। अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा राखीएको छ ।

यो संगै हाल सम्म कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । हाल सम्म १२ जना संक्रमित निको भएर फर्किसकेका छन् ।

Simta