उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष द्वारा पत्रकार तथा सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री सहयोग,

बैशाख १४ ,नवलपरासी पश्चिम – नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नवलपरासी पश्चिमका पत्रकार तथा सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री उपलब्ध गराएका छन् ।

कोरोना भाईरसको संक्रमण रोकथामका लागि देश लकडाउनका बेला फिल्डमा खटेर काम गर्न सहज होसभनि अध्यक्ष तिवारीले व्यक्तिगत रुपमा पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको बताएका हुन् ।

lekbesi

महासंघ प्रदेश ५ बाट प्राप्त उक्त सामाग्रीहरु जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल प्रहरीलाई २ हजार मास्क, २० लिटर सेनिटाईजर र २ पिस ग्लोब्स उपलब्ध गराइएको छ भने, शसस्त्र प्रहरी बललाई ३ हजार मास्क, २० लिटर सेनिटाईजर, ३०० पिस ग्लोबस र नेपाली सेनालाई २ हजार मास्क, २०० पिस ग्लोब्स उपलब्ध गराइएको छ ।

त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिलाइ १ हजार मास्क, एम्बुलेन्स चालकहरुलाई ३ सय पिस मास्क र एक डब्बा ग्लोब्स उपलब्ध गराइएको छ ।

अध्यक्ष तिवारीले, यस प्रेस ज्याकेटले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुलाई पहिचान गर्न सहज हुने र यस्तो लकडाउनका बेला ठाउँठाउँमा कार्डदेखाउने र परिचय दिने झन्झटबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष तिवारीले, जिल्ला नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई सो प्रेस ज्याकटे वितरण गर्न संस्थागत रुपमा महासंघलाई हस्तान्त्रण गरेका हुन् ।

नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकारहरुलाई १ हजार मास्क र १ डब्बा ग्लोब्स उपलब्ध भएको नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल्को प्रमुख आतिथ्यतामा सो सामाग्री हस्तान्त्रण भएको हो ।