र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृतु ,

बैशाख १४ काठमान्डौ – र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक ३३ वर्षीय युवतीको वीरगञ्जमा मृत्यु भएको छ ।

उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी गर्दै गर्दा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिए।

मृतक युवतीमा तीन पटक र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गर्न स्वाब हेटौंडा प्रयोगशाला पठाइएको छ।उनको मृतु के कारणले भयो भन्ने रिपोर्ट आएपछि मात्र थाहा हुने उपाध्याले बताए ।

lekbesi

मृतक युवती ब्लड क्यान्सर रहेको र उनको स्वास्थ्यमा समस्या देखिएपछि २०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गरि ९ गते डिस्चार्ज गरिएको थियो।

युवतीमाथि पुन श्वासप्रश्वासमा समस्या आएपछि परिवारले वीरगन्जको एडभान्स अस्पताल लागेको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो ।

तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरु बताउँछन् ।

त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो ।

त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो ।

उनको सोही अस्पतालमा शनिबार मृत्यु भएको हो । उनको मृतु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरेको छ ।