लकडाउन बैशाख २५ गते सम्म थप्ने निर्णय ,

बैशाख १४ काठमान्डौ – गत चैत ११ गते बाट जारि लकडाउन बैशाख २५ गते सम्म जारि हुने सरकारले निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय हुँदै गरेको एक मन्त्रिले बताए ।

lekbesi

सरकारले यो भन्दा अघि जारि गरेको लकडाउन भोलि १५ गते समाप्त हुँदै छ ।

हालसम्म नेपालमा कोरोनाभाइरसको संक्रमण ५२ जनामा पुष्टि भइसकेको छ भने त्यसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।