झापामा थप एक जनामा कोरोना पुस्टि ,

बैशाख १४ काठमान्डौ – झापामा थप एक जनामा कोरोना संक्रमण फेला परेको छ।
आइतबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित झापाको राजगढ निवासी जमाती भएको बताईएको छ ।यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।
