Simta
Simta
lekbesi

प्रधानमन्त्रीको विकल्प राजिनामा रास्ट्रपति समक्ष दौडधुप ,

Gurvakot

बैशाख १५ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तिम विकल्प राजिनामा रहेको नेकपाका शिर्ष नेताहरुले बताएका छन् ।

पछिल्लो समयका घटनालाई हेर्दा प्रधानमन्त्रीले राजनीतिमा इमान्दारीता र जवाफदेहीता हुँदैन भन्ने कुरा प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पुष्टि गरेको छ ।

लोकतान्त्रिक व्यवस्थामा कसैले मन नलागे दल छोड्न मिल्ने नयाँ दल खोल्न मिल्छ तर डर धम्किमा कसैलाई पार्टी परित्याग गर्न खोज्नु तानाशाहीपन हो ।

lekbesi

समाजवादीका नेता डा.सुरेद्र यादवको अपहरण होटेलमा बन्द अध्यादेश जस्ता घटनाले प्रधानमन्त्रीलाई ठुला संकट हुन् ।

महेश बस्नेत, किसान श्रेष्ठ र प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाललाई समाजवादी दलका सांसद डाक्टर सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको यादवले सार्वजनिक रुपमानै मिडियामा सार्वजानिक गरेका छन् ।

यादवलाई काठमाडौँ ल्याउने क्रममा प्रधानमन्त्री ओलीसँग फोनमा कुराकानी गराइएको स्वयं यादवले नै पुष्टि गरिसकेका छन् । यसकारण यो कूकार्यमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता देखिन्छ ।

यो घटना प्रधानमन्त्रीको ठाडो निर्देशनमा अपराध कार्य गर्न लगाईएको कानूनविदहरूको टिप्पणी छ ।

सोमवार दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेश मन्त्रिपरिषद बैठकबाट पारित गरेलगत्तै केही घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको थियो ।

४ दिनको बीचमा देशमा घटेका यी घटनाक्रमहरूमा राष्ट्रपतिसमेतको संलग्नता देखिन्छ । गत बैशाख ८ गते प्रधानमन्त्री ओलीले एकतन्त्रिय साशन लागु गरे ,नेकपा भित्र देखि विपक्षिले चर्को विरोध गरेपछि ११ गते रास्ट्रपतिलाई भेटेर अद्यादेश फिर्ता लिए ।

अध्यादेश फिर्ताले उनको नैतिक प्रश्न उठ्यो र नेकपाका शिर्ष नेताले तत्काल बैठकको माग गरे तर ओलीले बैठक बोलाएनन ।

समाजवादीका नेता यादवलाई अपहरण गरेको भन्दै समाजवादीका नेता अध्यक्ष बाबुराम भट्टराई राजेन्द्र महत्व लगायतका नेता टेकुमा मुद्दा दर्ता गर्न पुगेपनि प्रहरीले दर्ता लिएन ।

यो पनि ओलीकै ठाडो निर्देशन भएको सबैको आंकलन हो । यो घटनाले देशमा दुर्घटना निम्त्याउन सक्ने भन्दै नेकपाका शिर्षनेताहरुको बैठक बसेको छ ।बैठकले प्रधानमन्त्री ओलीको राजिनामा माग्ने तयारी गरेको छ ।

ओलीलाई कारबाहीको तयारी, नमाने सत्ताच्यूत सम्मको योजना समेत बनेको केहि धेरै नेताहरु बताउछन ।

संविधान र कानूनका ज्ञाता भीमार्जुन आचार्यले डाक्टर सुरेन्द्र यादवलाई काठमाडौँ ल्याउने ओलीको निर्देशनलाई जुन शब्दावली प्रयोग गरेपनि अपराध नै भएको पुष्टि हुने बताएका छन् ।

देवानी संहिताको दफा २११ मा अपहरणसम्बन्धी अपराधको व्याख्या गरिएको छ । अपहरणका लागि दुई पक्ष हुनुपर्ने, निहित उद्देश्य हुनुपर्ने र शारीरिक तथा मानसिक दबाब हुनुपर्ने हुन्छ । डाक्टर सुरेन्द्र यादवको केसमा तीनवटै तथ्य प्रमाणित भइसकेका छन् ।

दलीय लोकतन्त्रमा दलका नेता, सांसदहरूले पार्टी छोड्नु र नयाँ पार्टी गठन गर्नु बिल्कुलै नयाँ विषय होइन । तर डर, त्रास, धम्की, लोभ र लालचको भरमा अरूलाई दल त्याग गर्न प्रोत्साहन गर्नु चाहिँ राजनीतिको अपराधीकरण हो ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले प्रधानमन्त्रीको यो हर्कतको खुलेर आलोचना गरेका छन् ।

स्थायी कमिटी सदस्य भीम रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिद्धान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कारवाही हुनुपर्छ ।’

प्रधानमन्त्रीले अन्य दललाई फुटाउने मनासय लिएर अध्यादेश ल्याएको पुष्टि भइसकेको छ । लामो संघर्षबाट उदाएका मधेशकेन्द्रित दुई राजनीतिक दलहरूलाई फुटाएर कमजोर बनाउने मनासयले अध्यादेश ल्याएको बुझेपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकीकरण भइसकेको छ ।

प्रधानमन्त्रीको अरूको दल फुटाउने उद्देश्य चकनाचुर भएको छ भने सत्ताको बागडोर सम्हाल्ने नैतिकता पनि गायब भइसकेको छ ।

यस्तो अवस्थामा राजीनामा दिनु नै प्रधानमन्त्रीको अन्तिम विकल्प रहेको स्वयं सत्तारूढ दलका नेताहरू स्वीकार्छन् ।नेकपा भित्र ओलीले एकल जहाज चलाउँदा नेकपानै फुट्ने संघारमा देखिएको छ ।

बिहीवार नेकपाका उपाध्यक्ष वामदेव गौतमनिवासमा नेकपा सचिवालयका ६ सदस्य भेला भए । गौतमसहित अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल भेला भएका थिए ।

उक्त छलफलमा प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैको बदनाम गरेको निष्कर्ष निकाले । स्रोतका अनुसार ओलीलाई राजीनामा गराएर वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा पनि उक्त भेलामा छलफल भएको थियो ।

ओलीलाई कसरी राजीनामा गराउने भन्ने विषयमा लामै छलफल भएको थियो ।अहिले प्रधानमन्त्री ओली यक्लो देखिन्छन । अहिले उनका कुरा सुन्ने तयारीमा कोहिपनि देखिदैन ।तेसैले उनि रास्ट्रपतिलाई भेट तिब्र बनाएका छन् ।

प्रधानमन्त्री ओली सचिवालय, स्थायीसमिति, केन्द्रिय समिति, र संसदीय दलमा अल्पमतमा परिसकेका छन् ।डा. सुरेन्द्र यादवको घटनालाई निस्पक्ष छानबिन गर्नुपर्ने पुर्व डिआईजि केशव अधिकारिले बताएका छन् ।

 

 

 

Simta