काठमान्डौ भित्रिन नदिने भन्दै यात्रुलाई नागढुंगाबाट फिर्ता गरियो ,

बैशाख १५ काठमान्डौ – बिभिन्न जिल्लाबाट काठमाडौं आउन लागेका यात्रुहरुलाई नागढुंगा नाकाबाट फर्काइएको छ ।

गृह मन्त्रालयले परिपत्र गरि लकडाउनमा कडाई गर्न भनेपछि नागढुंगा नाकामा आइपुगेका यात्रुहरुलाई जुन ठाँउबाट आएको उतै फर्काइएको छ ।

यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं परिसर प्रमुख श्याम ज्ञवालीलगायत नागढुंगा पुगेका छन् ।

lekbesi

सोमबार बिहान विराटनगर महानगरपालिकाले ७ वटा बसमा पठाएका यात्रुहरुमध्येआएका यात्रुलाई नागढुंगामा रोकेर राखीएको थियो ।

ति मध्य कति पए काठमान्डौ छिरेका छन् भने कतिपए थानकोटमा रोकीएका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार यात्रु जुन ठाँउबाट आए तेती फर्काउने लागिएको हो ।

उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृह मन्त्रालयका सह-प्रवक्ता उमाकान्त अधिकारीले बताए ।