पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा छुटे ,

बैशाख १५ काठमान्डौ – पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डौंले आदेश दिएको छ ।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्यायलाई पक्राउ परेका थिए ।

lekbesi