कर्णालीमा कुखुरा फर्ममा क्‍वारेन्टाइन घाँस राखेर नागरिकलाई सुताईयो ,

बैशाख १५ काठमान्डौ – कर्णाली प्रदेशको डोल्पा जिल्लाको एक स्थानीय तहले कुखुराको खोरमा क्वारेन्टाइन बनाएको छ ।

जिल्लाको मुड्केचुला गाउँपालिकाले कुखुराको खोरमा क्वारेन्टाइन बनाएर मानिस राख्ने गरेको हो ।

कुखुरा पालन गर्दै आएको फर्ममा क्वारेन्टाइन निर्माण गरेर जिल्ला बाहिरबाट आउने नागरिकलाई राखेको भेटिएको छ ।

lekbesi

क्वारेन्टाइनमा कुनै बेड कपडा नभई घाँस बिछयाएर त्यहीमाथि कार्पेट राखिएको छ हने त्यही ठा‍उँमा मुड्केचुलाका दुई दर्जन भन्दा धेरै विद्यार्थी र अन्य नागरिक राखिएको छ।

गाउँपालिकामा निर्माण गरिएका कुनैपनि क्वारेन्टाइन मापदण्ड भित्रका नभएको स्थानीयको आरोप छ ।

हरेक दिन काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायत विभिन्न सहरबाट विद्यार्थी र अन्य नागरिक आउने गर्दछन् तर क्वारेन्टिन नै कुखुराको खोरमा किन राखियो राज शाहीले आक्रोस पोखे।

एक स्थानीयले कुखुरा पालन गरिरहेको फर्ममा कुखुरा हटाएर स्थानीय सरकारले क्वारेन्टाइन बनाएको बताईएको छ।

बेड विस्तरा छैन क्वारेन्टाइनमा खान बस्न देखि कुनै पनि ब्यबस्था राम्रो नभएपछि घर जान दिन अनुरोध गरेका छन् ।

क्वारेन्टाइनकै लागि भनेर ल्याएको समान कम्जोर खालको भएको वडा नम्बर १ का अध्यक्ष भानुभक्त बोहोराले बताए ।

उनले भने,’ मुड्केचुलाको सबै नाकामा निकै कडाइ गरिएको छ ।जगदुल्ला जाने नागरिकका लागि इलमा हेल्पडेक्स राखीएको छ।

गाउँपालिकाले नागरिकलाइ जो जहाँ छ त्यही बस्नु र सबैको खातामा तीन हजारको दरले राहात नगद प्रदान गर्ने निर्णय गरेको थियो ।

सोहिअनुसार १३६ जनालाई खातामा तीन हजार पठाएको र बाँकी फेरी पाँच हजार पुर्‍र्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

त्रिबेणीमा रहेको मु्डेकेचुला गाउँपालिकाको क्वारेन्टाइन मापदण्डविपरित रहेको र नागरिक झनै असुरक्षित रहेको आरडिटी परीक्षणका लागि मुड्केचुला पुगेको चिकित्सक टोली बताउछन । क्वारेन्टाइनमा कोही बस्दैन बस्न मिल्ने पनि छैन सबै जोखिममा छन् चिकित्सकले भने ।