Simta
Simta
lekbesi

तरुणदल सुर्खेतले गर्यो विपन्न गरिब निमुखालाई राहत वितरण ,

Gurvakot

बैशाख १५ काठमान्डौ – नेपाल तरुणदल सुर्खेतले अति विपन्न मजदुर नागरिकलाई खाद्यन्न सहयोग गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सरकारको जारि लकडाउनले थुप्रै मजदुर पिडामा छन् ।

यस्तो अवस्थामा तरुणदल सुर्खेतले सुर्खेतको वीरेन्द्र नगर ६ शान्ती टोलका अति बिपन्न परिवार, दैनिक ज्यालामजदुरी गर्ने २५ घर धुरीलाई खाद्यान्न वितरण गरेको तरुणदल सुर्खेतका अध्यक्ष हरि बिस्टले रंग दर्पणलाई जानकारी दिए ।

lekbesi

परिवारलाई २५ केजीको एक बोरा चामल, एक केजी दाल, एक केजी नुन र एक लिटर तेल वितरण गरिएको बिस्टले बताए ।

सामाजिक दुरी कायम गर्दै तरुण दल सुर्खेतले शान्ति टोलका निम्न वर्गलाई जिल्ला सदस्य जनक थापा, नगर सदस्यहरु सम्राट गौतम, पवन श्रेष्ठ, मनोज दाहाल र जय खड्काले खाद्यन्न हस्तान्तरण गरेका थिए।

लकडाउनका कारण प्रदेश सरकारको ध्यान नगएको ठाँउमा समेत अध्यक्ष हरि बिस्टले आफ्नो ब्याक्तिगत खर्चमा मजदुरी गरि खाने विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

शान्ति टोल ६ मा घरबेटीले भाडा तिर्न नसकेको भन्दै निकालीएकि र स्थानीय इन्द्रजित सुनारको घरको भुइँतलाको भर्‍याङमुनि बस्दै गरेकी दुर्गा सुनारलाई हिजो मात्र बिस्टले ग्याँस सिलिन्डर देखि दैनिक उपभोग्य बस्तु सहयोग गरेका थिए ।

तेस्तै बिस्टले सुर्खेत बिनपा ६ शान्तिटोलमा बस्ने दैनिक ज्यालामजदुरी गर्ने तुलसी बिक लाइ आफ्नो ब्याक्तिगत खर्चमा खाद्यान दाल ,नुन तेल उपलब्ध गराएका छन् ।

कर्णालीका बिकट जिल्लाबाट प्रदेश सुर्खेतमा पढ्न आएर लकडाउनमा परेका विद्यार्थीलाई पनि उनले खाद्यान्न सहयोग गरेका छन् ।

Simta